एमाले अध्यक्ष ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली लगातार तेस्रो पटक पार्टी नेतृत्वमा निर्वाचित भएका छन्। बुधबार सम्पन्न निर्वाचनमा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा चयन भएका हुन्।

यसअघि नवौँ र दशौँ महाधिवेशनबाट पनि अध्यक्षमा निर्वाचित भएका ओलीले यसपटक पनि स्पष्ट मतान्तरसहित जीत हासिल गरेका छन्। निर्वाचन आयोगले दिएको पछिल्लो विवरणअनुसार अध्यक्षका उम्मेदवार ओलीले १ हजार ६६३ मत प्राप्त गरेका छन्।

उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५ सय ६४ मत पाएका छन्। मतगणनाको औपचारिक घोषणा भने अझै बाँकी रहेको निर्वाचन आयोगले जनाएको छ।

एमालेको एघारौँ महाधिवेशनअन्तर्गत भएको यस निर्वाचनलाई पार्टीको आगामी राजनीतिक रणनीति र संगठनात्मक दिशाका दृष्टिले महत्वपूर्ण रूपमा हेरिएको छ। ओलीको लगातार तेस्रो कार्यकालसँगै पार्टी नेतृत्वमा निरन्तरता कायम भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्