काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार अध्यक्ष पदमा केपी शर्मा ओलीले अग्रता कायमै राखेका छन् भने महासचिव पदमा शंकर पोखरेल अगाडि छन्।
निर्वाचनको सुरुआतदेखि नै अग्रता लिँदै आएका अध्यक्ष पदका उम्मेदवार ओलीले हालसम्म ८४३ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले २९६ मत पाएका छन्।
पार्टीको ११औँ महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा देशभरबाट आएका प्रतिनिधिहरूले मतदान गरेका हुन्। बाँकी मतगणना सकिएपछि अन्य पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको परिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ।






