काठमाडौँ । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि आज हुन लागेको मतदान प्रक्रिया भोलि बिहान ८ बजेसम्मका लागि सरेको छ।
केहीबेरमै सुरु हुने भनिएको मतदान प्राविधिक कारणले आज सञ्चालन हुन नसकेपछि भोलि बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरिएको हो। महासचिव शंकर पोखरेलले मतदानस्थलमै उपस्थित प्रतिनिधिहरूलाई जानकारी गराउँदै मतदान भोलि बिहान ८ बजेदेखि यही स्थानमा हुने बताउनुभयो।
पोखरेलका अनुसार मतदान प्रक्रिया सुरु गर्न आवश्यक प्राविधिक तयारी पूरा हुन नसकेको कारण समय सारिएको हो। साथै चिसो मौसमका कारण लामो समयसम्म प्रतिनिधिहरूलाई प्रतिक्षामा राख्न उपयुक्त नदेखिएकाले आजको मतदान स्थगित गरिएको उहाँले स्पष्ट पार्नुभयो।
एमाले नेतृत्व चयनका लागि हुने यो मतदान भोलि बिहान ८ बजेदेखि सुरु हुने जनाइएको छ।






