राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन

FILE PHOTO

काठमाडौं । सरकारले विभिन्न राजनीतिक दल तथा सरोकारवालासँग वार्ता गर्न उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको छ।

आज बसेको मन्त्रिपरिषद् बैठकले कानून, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गर्ने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलका अनुसार समितिमा सञ्चारमन्त्री खरेल स्वयं र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनाल सदस्य रहेका छन्।

त्यसैगरी मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. प्रकाशकुमार श्रेष्ठ र सदस्यमा प्रा. डा. सुनीति श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको छ।

बैठकले प्रचलित कानूनमा व्यवस्था भएका विषय बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि आई–टिकटका रूपमा हुलाक टिकट टाँस्ने अभ्यास हटाउने निर्णय पनि गरेको छ।

यसैगरी सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारतीय रुपैयाँ २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम भारतीय रुपैयाँ २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन तथा नेपालबाट भारत लैजान सक्ने व्यवस्था गरेको प्रवक्ता खरेलले जानकारी दिनुभयो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्