एमालेको अध्यक्ष पदका लागि लीले उम्मेदवारी दर्ता गराए

काठमाडौं – नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले उम्मेदवारी दर्ता गराएका छन्। काठमाडौंको भृकुटीमण्डपमा जारी बन्दसत्रअन्तर्गत हाल उम्मेदवारी दर्ताको प्रक्रिया चलिरहेको छ।

सोही क्रममा ओलीले अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन्। ओलीको सचिवालयका अनुसार उनका प्रस्तावक रामबहादुर थापा ‘बादल’ रहेका छन् भने समर्थकका रूपमा विष्णुप्रसाद पौडेल रहेका छन्। अध्यक्ष पदका अर्का प्रत्यासी ईश्वर पोखरेलले पनि उम्मेदवारी दर्ता गराइसकेका छन्।

निर्वाचन कार्यतालिकाअनुसार मतदान भोलि हुने छ भने आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिनेछ। ओली र पोखरेल दुवै आ–आफ्नो प्यानलसहित चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्