काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बन्दसत्र सुरु भएको छ। भृकुटीमण्डपमा केहीबेर अघिदेखि बन्दसत्र सुरु भएको हो।
बन्दसत्रको उद्घाटन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन निर्वाध रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै प्रतिनिधिहरूलाई स्वागत गर्नुभयो। उहाँले बन्दसत्रका लागि सचिवालयका पदाधिकारीहरू सम्मिलित अध्यक्षमण्डल घोषणा गर्नुभयो।
बन्दसत्रमा विधान संशोधन प्रस्ताव, निर्वाचन कार्यतालिका, आचारसंहिता तथा समसामयिक विषयहरू प्रस्तुत गरिने छन्।






