प्रधानमन्त्री कार्कीबाट एनपीएल फाइनल खेल्ने दुवै टोलीलाई शुभकामना

FILE PHOTO

काठमाडौँ — प्रधानमन्त्री सुशीला कार्कीले नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको आज हुने फाइनल खेलका लागि दुवै टोलीलाई शुभकामना व्यक्त गर्नुभएको छ। प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमार्फत फाइनलमा प्रतिस्पर्धा गर्न लागेका सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्स दुवैलाई शुभकामना दिँदै एनपीएल क्रिकेट उत्सवले सिङ्गो देशलाई जिताएको र जगाएको उल्लेख गर्नुभएको छ।

उहाँले एनपीएलले सारा नेपालीलाई एकतामा जोड्दै विभिन्न सुरक्षा संशयलाई समेत चिर्दै नेपाल शान्त, सुन्दर र सक्षम राष्ट्र हो भन्ने सन्देश विश्वभर पुर्‍याएको बताउनुभएको छ।

एनपीएल क्रिकेटको उपाधिका लागि आज सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। दिउँसो साढे तीन बजे त्रिवि क्रिकेट रङ्गशालामा सुरु हुने फाइनल खेलप्रति देशभर क्रिकेटप्रेमीहरूको उत्साह उच्च देखिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्