एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि, दोस्रो विधान महाधिवेशनकै आधारमा नेतृत्व चयन

काठमाडौँ — नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदैछ। महाधिवेशनमा पार्टीको दोस्रो विधान महाधिवेशनबाट पारित विधानका आधारमै नयाँ नेतृत्व चयन हुने भएको छ।

हिजो बसेको पार्टी सचिवालय बैठकले दोस्रो विधान महाधिवेशनको सर्वोच्चतालाई स्वीकार गर्दै यही विधानअनुसार महाधिवेशन सञ्चालन गर्ने निर्णय गरेको हो। बैठकले यस महाधिवेशनबाट १५ सदस्यीय पदाधिकारी र २५१ सदस्यीय केन्द्रीय कमिटी कायम रहने स्पष्ट गरेको छ।

त्यस्तै, सचिवालय बैठकले निर्वाचित तथा पदेन प्रतिनिधिहरूको पाँच प्रतिशतका दरले १०८ जना प्रतिनिधि मनोनयन गर्ने निर्णय पनि गरेको छ।

यसैबीच, एमाले सचिवालयले सरकार र नवयुवाका प्रतिनिधिबीच भएको १० बुँदे सम्झौताप्रति आपत्ति जनाएको छ। पार्टीको आधिकारिक धारणा विपरीत उक्त सम्झौता भएको भन्दै सचिवालयले असहमति जनाएको हो।

११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको नयाँ नेतृत्व चयन हुनुका साथै आगामी राजनीतिक कार्यदिशा तय हुने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्