एशिया कप आजदेखि यूएईमा सुरु हुँदै, नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्का विरुद्ध खेल्नेछ

काठमाडौँ – एसीसी १९ वर्षमुनिको एशिया कप आजदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा सुरु हुँदैछ। उद्घाटन दिन भारतले आयोजक यूएईसँग तथा पाकिस्तानले मलेसियासँग प्रतिस्पर्धा गर्नेछन्। यसैबीच प्रतियोगिताका लागि नेपाली यू–१९ टोली यूएई पुगिसकेको छ र नेपालले आफ्नो पहिलो खेल भोलि श्रीलङ्का विरुद्ध खेल्नेछ।

नेपालले दोस्रो खेल मंसिर २९ गते बंगलादेशसँग तथा तेस्रो खेल पुस २ गते अफगानिस्तानसँग खेल्ने कार्यक्रम रहेको छ। सबै खेल यूएईको सेभेन्स रङ्गशालामा हुनेछन्। प्रतियोगितामा आठ टोली सहभागी छन्, जसमा समूह ‘ए’ मा भारत, पाकिस्तान, यूएई र मलेसिया तथा समूह ‘बी’ मा बंगलादेश, श्रीलङ्का, अफगानिस्तान र नेपाल छन्। दुवै समूहबाट शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् र फाइनल पुस ६ गते हुनेछ।

नेपाली टोलीमा कप्तान अशोक धामीसहित नीरजकुमार यादव, दिलशाद अली, अभिषेक तिवारी, सिव्रिन श्रेष्ठ, साहिल पटेल, दयानन्द मण्डल, निश्चल छेत्री, आशिष लोहार, नितेस पटेल, चन्दन राम, रोशन विक, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्