एमालेको महाधिवेशनलाई ख्याल गर्दै आज र भोलि नागढुङ्गा–मलेखु सडक खुला रहने

काठमाडौं – अस्ति बुधबारदेखि दैनिक पाँच घण्टा आंशिक रूपमा बन्द गर्दै उस्तरोन्नति गरिँदै आएको नागढुङ्गा–मलेखु सडकखण्ड आज र भोलिका लागि भने पूरी रूपमा खुला रहने भएको छ। नेकपा (एमाले) को ११औँ केन्द्रीय महाधिवेशनको उद्घाटन सत्रलाई ध्यानमा राख्दै यातायात आवागमन सहज होस् भन्ने उद्देश्यले दुई दिनका लागि बन्द हटाइएको हो।

नागढुङ्गा–मुग्लिन सडक आयोजना कार्यालयले जारी कार्यतालिका अनुसार आज र भोलि सडक बन्द नहुने र त्यसपछि पुनः निर्धारित समयअनुसार काम अघि बढाइने जनाएको छ। आयोजनाका पूर्वी खण्डका प्रमुख केशवप्रसाद ओझाका अनुसार महाधिवेशनका कारण दुई दिनका लागि छुट दिइए पनि काम रोकिएको छैन, अवशिष्ट काम भने तोकिएको तालिका अनुसार निरन्तर अघि बढाइनेछ।

सडक विभागका अनुसार पुस १ गतेसम्म नागढुङ्गादेखि पिप्लामोड र पोखरेभीर क्षेत्रसम्म बिहान १०:३० देखि दिउँसो ३:30 बजेसम्म सडक बन्द गरेर स्तरोन्नति कार्य तीव्र गतिमा भइरहेका छन्। काठमाडौँ जिल्लाभित्र पर्ने नागढुङ्गा–पिप्लामोड खण्डको कालोपत्र (ब्ल्याकटप) कार्यलाई उच्च प्राथमिकतामा राखिएको छ।

यस्तै, धादिङ जिल्लाभित्र पर्ने नौबिसे–मलेखु खण्डको बाङ्गेभीर क्षेत्रमा सडक चौडाइ विस्तारलाई महत्त्वका साथ अघि बढाइएकाे विभागले जनाएको छ। पहिरो जोखिम उच्च हुने भएकाले सो क्षेत्रलाई संरचनागत रूपमा सुरक्षित बनाउँदै गुणस्तरीय सडक निर्माण कार्य तीव्र रूपमा अघि बढाइएको छ।

सडक विभागले तोकिएको समयभित्र उस्तरोन्नति कार्य सम्पन्न गर्ने र यात्रु तथा चालकलाई असजिलो नहोस् भन्ने गरी आवतजावत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्