डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवाहक बस दाङमा दुर्घटना, २२ जना घाइते

काठमाडौं – डडेलधुराबाट काठमाडौंतर्फ आउँदै गर्दा दाङमा एक यात्रुवाहक बस दुर्घटनामा पर्दा २२ जना घाइते भएका छन्। ना ८ ख ७४५५ नम्बरको उक्त बस आज बिहान करिब ३ बजे लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेपछि दुर्घटना भएको हो।

बसमा कुल ३८ जना सवार रहेको र दुर्घटनापछि घाइतेहरूलाई स्थानीयले प्रहरीले सहयोगमा उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए।

प्रारम्भिक अनुसन्धानअनुसार बसको पट्टा भाँचिएपछि सवारी अनियन्त्रित भई दुर्घटना भएको चालकले दिएको बयानलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्