आठौँ नेक्सस कपः नेक्सस्, अर्किड, एकलव्य र लाइसियम स्कुल सेमिफाइनलमा प्रवेश

काठमाडौँ –आठौँ नेक्सस कप फुटबल प्रतियोगिताअन्तर्गत क्वार्टरफाइनलका खेलहरू सम्पन्न भएका छन्। मध्यपुर युथ एसोसिएशनको मैदानमा भएको रोमाञ्चक चरणमा नेक्सस एकेडेमी, एकलव्य स्कुल, अर्किड स्कुल र लाइसियम स्कुल विजयी बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन्।

प्रतियोगिता फिफाका ‘लज अफ द गेम’ अनुसार सञ्चालन भइरहेको छ भने विद्यार्थी खेलाडीहरूको उत्कृष्ट प्रदर्शनले प्रतिस्पर्धालाई थप आकर्षक बनाएको आयोजकले जनाएको छ।

अब सेमिफाइनल चरण मंसिर २६ गते हुने कार्यक्रम तय भएको छ। सेमिफाइनलका विजेताले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक क्षमता, नेतृत्वकला, आत्मविश्वास तथा खेलभावनालाई सुदृढ बनाउने उद्देश्य बोकेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्