काठमाडौँ — नेकपा (एमाले) ले ११औँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधिहरूको टुंगो लगाएको छ। बुधबार बसेको प्रतिनिधि–व्यवस्थापन समितिको बैठकले महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको संख्या निश्चित गरेको हो। स्थायी कमिटी सदस्य काशीनाथ अधिकारीका अनुसार महाधिवेशनमा निर्वाचित, विशेष र पदेन गरी कुल २१५४ जना प्रतिनिधि रहनेछन्। साथै केन्द्रीय सल्लाहकार परिषद्का ३०९ सदस्य पनि महाधिवेशनमा सहभागी हुनेछन्।
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ गतेदेखि सुरु हुने कार्यक्रम छ।






