जेनजी आन्दोलनका ४५ शहीदको नाम तीन दिनभित्र सीडीओ कार्यकक्षमा राख्न गृह मन्त्रालयको निर्देशन

काठमाडौं — जेनजी आन्दोलनमा मृत्यु भएका ४५ जनाको नाम जिल्लास्तरीय शहीद सूचिमा राख्न गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालय (सीडीओ) लाई निर्देशन दिएको छ।

२३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका व्यक्तिहरूलाई *‘जेनजी सुशासन योद्धा’*का रूपमा सम्मान गर्ने निर्णय मन्त्रीस्तरीय तहबाट आइतबार गरिएको मन्त्रालयले जनाएको छ।

यही निर्णयअनुसार मन्त्रालयका शाखा अधिकृत पदमबहादुर खत्रीको हस्ताक्षरमा जारी पत्रमार्फत तीन दिनभित्र प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा ४५ जनाको नामावली टाँस्न निर्देशन गरिएको हो।

गृह मन्त्रालयले जारी गरेको सर्कुलरमा सबै जिल्ला प्रशासन कार्यालयलाई आवश्यक व्यवस्था मिलाइ नामावली राख्न आदेश दिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्