एनपीएलको लिग चरणको अन्तिम खेलमा आज जनकपुर बोल्ट्स र कर्णाली याक्स आमनेसामने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको लिग चरण अन्तिम खेलमा आज पुछारका दुई टोली जनकपुर बोल्ट्स र कर्णाली याक्स प्रतिस्पर्धामा उत्रिँदैछन्। खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा दिउँसो साढे ३ बजे सुरू हुनेछ।

दुवै टोली ‘प्ले–अफ’ समीकरणबाट बाहिरिसकेकाले आजको खेल प्रतिष्ठामूलक मात्र रहनेछ। ६ खेलमध्ये एक मात्र जित निकाल्न सफल कर्णाली याक्स सातौँ स्थानमा छ भने समान एक जित रहेको साविक विजेता जनकपुर बोल्ट्स अङ्क तालिकाको पुछारमा रहेको छ।

यसअघि ‘प्ले–अफ’ समीकरण पूरा भइसकेको छ। शीर्ष स्थानमा रहेको सुदूरपश्चिम रोयल्स र दोस्रो स्थानमा रहेको विराटनगर किङ्सबीच क्वालिफायर खेल हुनेछ। त्यसैगरी, तेस्रो स्थानको काठमाडौँ गोर्खाज र चौथो स्थानको लुम्बिनी लायन्स इलिमिनेटरमा भिड्नेछन्।

गएको मंसिर १ गतेदेखि सुरू भएको एनपीएलको दोस्रो संस्करणको फाइनल खेल यही मंसिर २७ गते हुने तय भएको छ। प्रतियोगितामा ८ टोली सहभागी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्