मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादव आज शपथ ग्रहण गर्दै

जनकपुरधाम – मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज पद तथा गोपनीयताको शपथ ग्रहण गर्दै छन्। कांग्रेस संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ प्रदेश सभा सदस्यको समर्थनमा मंसिर १९ गते मुख्यमन्त्री नियुक्त भएका हुन्। मुख्यमन्त्रीको कार्यालयका अनुसार शपथ ग्रहण समारोहका लागि सबै तयारी पूरा गरिएको छ।

यादवले शपथपछि सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने अपेक्षा गरिएको छ। यसअघि संविधानको धारा १६८(३) बमोजिम ठूलो दलको हैसियतमा नेकपा एमाले संसदीय दलका नेता सरोजकुमार यादव मंसिर १७ गते मुख्यमन्त्री बनेका थिए। तर सातदलीय गठबन्धनले सर्वोच्च अदालतमा दायर गरेको रिटमा अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन आदेश दिएपछि राजनीतिक समीकरण फेरबदल भएको थियो।

विश्वासको मत लिन नसक्ने सुनिश्चित भएपछि एमाले नेता यादवले राजीनामा दिए। त्यसपछि कांग्रेस, जसपा नेपाल, जनमत, तत्कालीन माओवादी केन्द्र, लोसपा र तत्कालीन एकीकृत समाजवादीका ७७ सांसदको समर्थनसहित कांग्रेस नेता कृष्णप्रसाद यादवले मुख्यमन्त्रीको दाबी प्रस्तुत गरेका थिए। नवनियुक्त मुख्यमन्त्री यादव प्रदेशमा स्थिर सरकार निर्माण र प्रभावकारी प्रशासनिक व्यवस्थापनमा जुट्ने तयारीमा रहेको बताइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्