एनपीएलमा आज दुई रोमाञ्चक खेल, सुदूरपश्चिम–विराटनगर र चितवन–पोखरा भिड्ने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज दुईवटा खेल हुँदैछन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा पहिलो खेले बिहान सवा ११ बजे सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा हुनेछ। दुवै टोली यसअघि नै ‘प्लेअफ’मा प्रवेश गरिसकेका छन्।

लगातार ६ खेलमा जित दर्ता गरेको सुदूरपश्चिम १२ अंकसहित तालिकाको शीर्षस्थानमा उक्लिएको छ र यस संस्करणको एकमात्र अपराजित टोली बनेको छ। उता विराटनगर किङ्ग्सले ६ मध्ये ४ खेल जित्दै ८ अंक जोडेको छ र तालिकाको तेस्रो स्थानमा रहेको छ। तालिकाको दोस्रो स्थानमा १० अंकसहित काठमान्डु गोर्खाज छ।

आजको दोस्रो खेल दिउँसो साढे ३ बजे चितवन राइनोज र पोखरा एभेन्जर्सबीच हुनेछ। यी दुवै टिम ‘प्लेअफ’ प्रतिस्पर्धाबाट बाहिरिइसकेका छन्। ६ खेलमा २ जित र ४ हारसहित चितवन तालिकाको छैटौँ स्थानमा छ। त्यस्तै पोखरा एभेन्जर्सले ६ मध्ये ४ खेलमा हार व्यहोर्दै २ अंकसहित पाँचौँ स्थानमा रहेको छ।

पोखरा र चितवनसँगै कर्णाली याक्स र जनकपुर बोल्ट्स पनि यस संस्करणको प्लेअफ समीकरणबाट बाहिरिएका टोली हुन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्