छैटौँ भीमेश्वर कप अन्तर–विद्यालय कबड्डी प्रतियोगिता आजदेखि सुरु

काठमाडौँ – गोठाटारस्थित भीमेश्वर एकेडेमीको आयोजनामा ‘छैटौँ भीमेश्वर कप अन्तर–विद्यालय कबड्डी प्रतियोगिता’ आजदेखि सुरु भएको छ। भीमेश्वर एकेडेमीका संस्थापक प्रिन्सिपल अमृतकुमार खड्काको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष सुवास न्यौपानेको प्रमुख आतिथ्यमा प्रतियोगिताको औपचारिक उद्घाटन गरिएको हो।

उपत्यकाका १६ विभिन्न विद्यालयहरूको सहभागिता रहेको प्रतियोगिता आज र भोलिसम्म जारी रहनेछ। छात्र/छात्र र छात्रा/छात्रा समूहमा छुट्टाछुट्टै टिमबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने चार–चार टिमलाई पुरस्कार प्रदान गरिनेछ। विद्यालयका संस्थापक प्रिन्सिपल अमृत खड्काका अनुसार, प्रतियोगितामा प्रथम तथा द्वितीय स्थान हासिल गर्ने टिमले नगद पुरस्कार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन्। तृतीय हुने दुई टिमले ट्रफि, मेडल तथा प्रमाणपत्र पाउनेछन् भने प्रतियोगितामा सहभागी सबै टिमलाई सहभागिता प्रमाणपत्र प्रदान गरिनेछ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि सुवास न्यौपानेले भीमेश्वर एकेडेमीद्वारा खेलकुद विकासमा गरिएको योगदानको प्रशंसा गर्दै यस्ता प्रतियोगिताले विद्यार्थीमा अनुशासन, आत्मविश्वास र समूह भावना विकास हुने बताउनुभयो। कार्यक्रममा नेशनल प्याब्सन काठमाडौँका उपाध्यक्ष प्रेमकुमार भुजेल, कोषाध्यक्ष टंक थापा, काठमाडौँ महानगर समिति सचिव सुनिल खत्रीलगायतको उपस्थितिमा उद्घाटन समारोह सम्पन्न भएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्