मङ्सिर २० देखि समानुपातिक निर्वाचन कार्यक्रम सुरु, दलले २१–२३ गतेसम्म निवेदन पेस गर्न सक्ने

काठमाडौँ – आउँदो प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणाली तर्फको निर्वाचन कार्यक्रम मङ्सिर २० गतेदेखि औपचारिक रूपमा सुरु हुने भएको छ। निर्वाचन आयोगले आइतबारदेखि कान्तिपथस्थित आयोगको कार्यालयमा समानुपातिक निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेसँगै पूर्वतयारी तीव्र बनेको आयोगका प्रवक्ताले जानकारी दिएका छन्। आयोगले स्वीकृत गरेको निर्वाचन तालिकाअनुसार मङ्सिर २१ गते बिहान १० बजेदेखि २३ गते दिउँसो ४ बजेसम्म समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन इच्छुक राजनीतिक दलहरूले निवेदन पेस गर्न सक्नेछन्।

मङ्सिर २४ गते बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म निवेदन दिने राजनीतिक दलहरूको नामावली सार्वजनिक गरिनेछ। यसपछि पुस १३ र १४ गते दलहरूले उम्मेदवारको बन्द सूची  पेस गर्नेछन् भने माघ २० गते समानुपातिकतर्फको उम्मेदवारको बन्द सूची अन्तिम रूपमा प्रकाशन गरिने आयोगले जनाएको छ। समानुपातिक निर्वाचन अधिकृतका रूपमा आयोगका सचिव महादेव पन्थ र सहायक निर्वाचन अधिकृतका रूपमा सहसचिव यज्ञप्रसाद भट्टराई छनोट भएका छन्। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटाइने आयोगको तयारी छ।

विद्यमान कानुनअनुसार प्रतिनिधिसभामा २७५ सदस्य रहनेछन्, जसमा १६५ सदस्य प्रत्यक्ष तर्फबाट र ११० सदस्य समानुपातिक तर्फबाट चयन हुने व्यवस्था छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्