काठमाडौं । जुनारको राजधानी मानिएको सिन्धुली जिल्लाको गोलन्जोर गाउँपालिका वडा नं. ४ तिनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन मेला हुने भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा जुनार प्रवर्द्धन गर्ने उद्देश्यले यही मंसिर २३ गते देखि २५ गतेसम्म जुनार प्रवद्र्धन मेला हुन लागेका होे । यही मंसिर २३ गते देखि २५ गतेसम्म तीनकन्या (माझकुभिण्डे)मा जुनार प्रवर्द्धन मेला आयोजना हुँदैछ । जुनारलाई प्रवद्र्धन गरि स्थानीय अर्थतन्त्र सुदृढ पार्ने र युवा उद्यमशीलता प्रोत्साहन गर्नका लागि मेलाको आयोजना गर्न लागिएको गोलन्जोर गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले बताए ।
जुनार मेलाले स्थानीय तह तथा कृषि क्षेत्रमा क्रियाशील निकायका प्रतिनिधिहरूले सिन्धुलीको पहिचान नै बनेको जुनार उत्पादनलाई थप गुणस्तरीय र व्यवसायीक बनाउन महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बरालले बताए । मेलाबाट जुनारको व्यवसायीकरण, जुनारमा देखा परेका रोग तथा किराको नियन्त्रणका लागि पनि सहयोग पुग्ने किसानहरु बताउँछन् ।
मेलाले जुनारको उत्पादन मूल्य, बजार पहुँच र अनुकूल नीतिका लागि किसान, स्थानीय तह र नीजि क्षेत्रबीच समन्वय बढाउने समेत गाउँपालिका अध्यक्ष बरालले विश्वास व्यक्त गरे ।






