मधेश प्रदेशका मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने

काठमाडौँ — मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले बुधबार प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन्। उनले मंगलबार पत्रकार सम्मेलन गर्दै सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन निर्देश दिए पनि आफूले परमादेशको पत्र मंगलबार दिउँसो ३ बजे मात्र प्राप्त गरेको कारणले बुधबार दिउँसो २ बजे मत ग्रहणका लागि समय निर्धारण गरिएको जानकारी दिए। विश्वासको मतका लागि प्रदेशसभा सचिवालयमा पत्र पठाइसकिएको उनले बताए।

मुख्यमन्त्री यादवले विश्वासको मतप्रति आत्मविश्वास व्यक्त गर्दै भने, ‘विश्वासको मत मैले नै पाउँछु। एमालेले मधेशमा ज–जसलाई मुख्यमन्त्री बनाएको छ, ती सबै दलले मलाई सघाउँछ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्