उपाध्यक्षदेखि वडा अध्यक्षसम्म आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

कालिकोट – नरहरिनाथ गाउँपालिकामा सिँचाइ कुलो निर्माणका नाममा अनियमितता गरेको आरोपमा तत्कालीन उपाध्यक्षदेखि वडा अध्यक्षसम्म आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपाध्यक्ष मनसोभा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने, वडा नं. ७ का अध्यक्ष दलबहादुर विश्वकर्मा, सब–इन्जिनियर अमर शाही र अनिलकुमार विष्ट, साथै उपभोक्ता समिति अध्यक्ष नरेशबहादुर शाही, सचिव कासी विश्वकर्मा र कोषाध्यक्ष मधु विश्वकर्मा विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको हो।

अख्तियारका अनुसार उनीहरूले नरहरिनाथ–७ मा रहेको ओगडेनी आडिखोला सिँचाइ कुलो निर्माणमा भएको कामभन्दा बढी देखाएर करिब १९ लाख ४८ हजार रुपैयाँभन्दा धेरै रकम भुक्तानी जारी गरेको पाइएको छ।

अनियमित तरिकाले भुक्तानी गरिएको सो रकम बराबर बिगो असुल–उपर गर्ने मागसहित अख्तियारले आठै जनालाई प्रतिवादी बनाई मुद्दा चलाएको स्पष्ट गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्