काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नक्खु कारागारबाट विवेकशील–साझा पक्षबाट रास्वपासँग एकता प्रक्रियामा जोडिएका नेता तथा कार्यकर्तालाई तीन महत्त्वपूर्ण सन्देश पठाएका छन्।
आइतबार आयोजित कार्यक्रममा उपसभापति तथा राजनीतिक संवाद समितिका संयोजक डा. स्वर्णिम वाग्लेले लामिछानेको सन्देश वाचन गर्दै एकतामा सहभागी सबैलाई न्यानो स्वागत व्यक्त गरिएको जानकारी दिए। लामिछानेले हिजोसम्म फरक पृष्ठभूमि भए पनि अब सबै एउटै परिवारमा एकीकृत भएको उल्लेख गर्दै केही समय ‘कुलिङ पिरियड’ लिएर शान्त, संयमित र जिम्मेवार रूपमा अघि बढ्न आग्रह गरेका छन्।
मिडिया बाइट, ट्रोल र टीआरपीको दौडधूपमा नतातिन विशेष आग्रह गर्दै उनले यस्तो प्रतिक्रियाले पार्टीको दीर्घकालीन उद्देश्य र व्यापक एकता अभियानलाई विचलित पार्ने चेतावनी दिएका छन्।







