एनपीएल क्रिकेटमा आज कुनै खेल निर्धारित छैन, भोलि भने दुई खेल हुने

काठमाडौँ – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज कुनै खेल निर्धारित छैन। खेल तालिकाअनुसार सोमबारलाई विश्राम दिवसका रूपमा राखिएको हो।

भोलि मंगलबार भने कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दुई रोमाञ्चक खेल हुनेछन्। पहिलो खेल बिहान ११:४५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोज बीच हुनेछ। दोस्रो खेल दिउँसो ४ बजे पोखरा एभेन्जर्स र कर्णाली याक्स बीच निर्धारण गरिएको छ।

हालसम्म १९ खेल सकिँदा सुदूरपश्चिम रोयल्स अपराजित रहँदै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ।

आजको विश्रामपछि भोलि हुने दुई प्रतिस्पर्धाले एनपीएललाई अझ रोचक बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्