काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझाबीचको एकता आज (आइतबार) औपचारिक रूपमा घोषणा हुँदैछ। दिउँसो राष्ट्रिय सभागृहमा विशेष एकता घोषणासभा आयोजना हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।
रास्वपाका अनुसार असल शासन, पारदर्शिता र समुन्नतिसँग सरोकार राख्ने दुई दलबीच लामो समयदेखि भइरहेका संवादको निष्कर्षस्वरूप एकीकरण हुन लागिएको हो। विवेकशीलले रास्वपाको नाम, नेतृत्व संरचना र चुनाव चिह्न स्वीकार गर्दै निःसर्त एकतामा जाने निर्णय गरेको थियो।
विवेकशील अभियान विसं २०६९ मा उज्ज्वल थापाको नेतृत्वमा ‘सुसासित राष्ट्र’ लक्ष्य राखेर शुरू भएको थियो। त्यसपछि २०७० सालमा विवेकशील नेपाली दल औपचारिक रूपमा दर्ता भएर चुनावी प्रतिस्पर्धामा होमिएको थियो। रास्वपा भने हालैको समयका उदयमान दलमध्ये एक मानिन्छ, जसको स्थापना २०७९ असार ७ गते भएको हो।
आजको घोषणासँगै दुई दल एकीकृत भएर संयुक्त रूपमा आगामी राजनीतिक यात्रा अघि बढाउने तयारीमा छन्।






