नेसनल प्याव्सन भक्तपुरद्वारा अन्तरविद्यालय खेलकूद प्रतियोगिता–२०८२ मंसिर १५ देखि सुरु हुने

 

भक्तपुर । नेसनल प्याव्सन भक्तपुरको आयोजनामा अन्तरविद्यालय खेलकूद प्रतियोगिता–२०८२ यही मंसिर १५ गतेदेखि सुरु हुने भएको छ। सदस्य विद्यालयहरूबीच प्रतिस्पर्धा हुने उक्त खेलकूद मेलामा यस वर्ष विभिन्न खेल विधाहरू समावेश गरिएको आयोजकले जनाइएको छ।

प्रतियोगितामा माध्यमिक र आधारभूत तहका छात्रहरूको छुट्टाछुट्टै फुटसल, माध्यमिक तहसम्मका छात्राहरूको भलिबल, छात्रहरूको टेबल टेनिस तथा छात्र र छात्राका छुट्टाछुट्टै व्याडमिन्टन प्रतियोगिताहरू सञ्चालन गरिने नेसनल प्याव्सन भक्तपुरका जिल्ला कार्यसमिति सदस्य तथा खेलकूद मेलाका संयोजक अनिश राईले जानकारी दिए।

उनका अनुसार, यस प्रकारका खेलकूद गतिविधिले विद्यार्थीहरूलाई शारीरिक तथा मानसिक रूपमा स्वस्थ राख्ने मात्र होइन, खेलप्रति रुचि बढाउँदै भविष्यमा देशको लागि उत्कृष्ट खेलाडी तयार हुन सहयोग पुग्ने विश्वास लिइएको छ।

प्रतियोगिता मंसिर १५ गते सुरु भई मंसिर १८ गते विजयी विद्यार्थी खेलाडीहरूलाई पुरस्कार वितरण गर्दै समापन गरिने कार्यक्रम तय गरिएको आयोजकले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्