काठमाडौं । नेपाल वायु सेवा निगमले काठमाण्डौबाट दमाम, दोहा, दुबई तथा क्वालालाम्पुर गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि नयाँ भाडादर योजना लागू गरेको छ।
यस योजनाअन्तर्गत श्रमिक यात्रुहरूको सहजताका लागि हरेक उडानमा १० वटा सिटमा साविक भाडामा १० प्रतिशत विशेष छुट दिइनेछ। यस्तो सुविधा प्राप्त गर्न यात्रुहरूले आवश्यक कागजातसहित निगमका नेपालस्थित कार्यालयहरूका टिकट काउन्टरमा सम्पर्क गरी टिकट लिन सक्ने निगमले जनाएको छ।
निगमले यस कदमलाई श्रमिकहरूको यात्रा सहज, आर्थिक र सुरक्षित बनाउन दिइएको पहलका रूपमा व्याख्या गरेको छ।






