उज्यालो नेपाल पार्टीको घोषणा सभा मंसिर १७ गते, उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथि रहने

काठमाडौं । उज्यालो नेपाल पार्टीले मंसिर १७ गते प्रज्ञा भवनमा भव्य घोषणा सभा आयोजना गर्ने तयारी गरेको छ। आगामी प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राख्दै पार्टीले नयाँ राजनीतिक दिशा, दीर्घकालीन दृष्टि र विस्तृत घोषणापत्र २०८२ औपचारिक रूपमा सार्वजनिक गर्नेछ।

घोषणा सभामा उर्जामन्त्री कुलमान घिसिङ प्रमुख अतिथिको रूपमा सहभागी हुने तयारी गरिएको छ। सो अवसरमा विभिन्न राजनीतिक शक्ति र व्यक्तिहरूको उपस्थिति रहने प्रारम्भिक संकेत देखिएको छ। प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल र खगेन्द्र सुनार नेतृत्वको हाम्रो पार्टी नेपाल एउटै चुनाव चिह्न प्रयोग गर्ने सहमति भइसकेको छ। अन्य समूह र शक्तिसँग सहकार्य तथा एकताबारेको छलफल जारी रहेको बताइएको छ।

घोषणा सभालाई आगामी चरणका कार्यक्रमहरू, सहकार्यका सम्भावना र पार्टीले अघि बढाउन खोजेको राजनीतिक दिशाबारे जनतालाई जानकारी दिने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्