अपिहिमाल गापा र धनगढी उपमहानगरबीच सहकार्यका लागि सहमति, पर्यटन तथा रोजगारीमा संयुक्त पहल

धनगढी । अपिहिमाल गाउँपालिका र धनगढी उपमहानगरपालिकाबीच आपसी समन्वय र सहकार्यका आधारमा भगिनी सम्बन्ध स्थापना गर्ने प्रारम्भिक समझदारी बनेको छ। न्यानो आतिथ्यता तथा मायाको चिनो प्रदान गरेकोमा अपिहिमाल गाउँपालिकाले धनगढी उपमहानगरपालिका मेयर गोपी हमालप्रति आभार व्यक्त गरेको छ।

आज भएको भेटघाटमा दुवै स्थानीय तहबीच पर्यटन विकासमा संयुक्त रूपमा काम गर्ने, विशेषगरी अपिहिमाल सहित समग्र सुदूरपश्चिमको पर्यटन प्रवर्द्धनमा पहल बढाउने सहमति भएको छ। साथै धनगढी उपमहानगरमा हुने रोजगार मेला र सिपमूलक तालिमहरूमा अपिहिमालका युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा पनि सकारात्मक समझदारी बनेको छ।

निकट भविष्यमा धनगढी उपमहानगरका जनप्रतिनिधि तथा कर्मचारीहरूको मैत्रीपूर्ण भ्रमण अपिहिमाल क्षेत्रमा गर्नेबारे समेत चर्चा–छलफल भएको भेटमा सहभागीहरूले जनाएका छन्।

यस महत्वपूर्ण अवसर प्रदान गराउन सहयोग गर्ने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष केशब पाण्डे तथा नाटा सुदूरपश्चिमका अध्यक्ष पदम बहादुर सिंहप्रति समेत अपिहिमाल गाउँपालिकाले कृतज्ञता व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्