काठमाडौं । प्रतिनिधिसभा पुनर्स्थापनाको मागसहित नेकपा एमालेले सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदन दर्ता भएको छ। एमाले नेता महेश बर्तौला तथा सुनिता बरालले मंगलबार सर्वोच्च अदालतमा पेश गरेको रिट आज औपचारिक रूपमा दर्ता गरिएको सर्वोच्च प्रशासनले जानकारी दिएको हो। यस मुद्दाका लागि मंसिर १७ गते पेशी तोकिएको छ।
जेनजी आन्दोलनको २३ र २४ भदौमा भएको उग्र प्रदर्शनपछि एमाले अध्यक्षसमेत रहेका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भएका थिए। ओलीको राजीनामापछि आन्दोलनकारीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले २७ भदौमा सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त गरेका थिए।
प्रधानमन्त्री कार्कीको सिफारिसमा प्रतिनिधिसभा भंग गरिएको थियो। त्यसयता एमालेले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक दाबी गर्दै आएको छ र यसै मुद्दामा अब सर्वोच्च अदालतले निर्णय गर्नेछ।






