त्रिविको प्रस्तावित नीति तथा कार्यक्रम पारित

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सभाको बैठकले आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित नीति तथा कार्यक्रम पारित गरेको छ। कीर्तिपुरस्थित विश्वविद्यालयको केन्द्रिय कार्यालयमा बसेको बैठक प्रधानमन्त्री तथा कुलपति सुशीला कार्कीको अध्यक्षतामा सम्पन्न भएको हो। उपकुलपति दीपक अर्यालले प्रस्तुत गर्नुभएको नीति तथा कार्यक्रम सर्वसम्मतिले पारित भएको त्रिविले जनाएको छ।

पारित नीति तथा कार्यक्रमअनुसार विश्वविद्यालयको जग्गा–जमिन संरक्षणलाई प्राथमिकतामा राख्दै आवश्यक स्थानमा तारबार र घेराबार निर्माण गरिनेछ। अतिक्रमण गर्ने व्यक्तिहरूमाथि सरकार तथा सम्बन्धित निकायमार्फत कानुनी कारबाही अघि बढाइने उल्लेख छ। साथै, काठमाडौं बाहिरका त्रिविका जग्गा खोजबिन गर्न विशेष समिति गठन गरिने निर्णय पनि बैठकले गरेको छ। क्याम्पसहरूको जग्गा व्यवस्थापन तथा वास्तविक अवस्थाको खोजीसमेत त्रिविका योजनामा समावेश गरिएको छ।

बैठकमा सहभागी शिक्षामन्त्री महावीर पुनले त्रिविको जग्गा हिनामिना तथा अतिक्रमणसम्बन्धी प्रतिवेदन कार्यान्वयन हुने बताएका छन्। उनले विश्वविद्यालयभित्र विद्यमान राजनीतिक भागबन्डा अन्त्य गरी संस्थागत सुधारको मार्ग प्रशस्त गर्नुपर्नेमा जोर दिएका छन्।

यसैबीच, त्रिविको करिब २५ रोपनी जग्गा हिनामिना प्रकरणसम्बन्धी प्रतिवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन अघि बढाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्