सबै दल चुनावका लागि तयार, आशंका गर्ने ठाउँ छैन: सञ्चार मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी प्रतिनिधिसभा चुनावबारे कुनै आशंका राख्नुपर्ने अवस्था नरहेको स्पष्ट गर्नुभएको छ। आज नेकपा एमालेले पनि निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएको पृष्ठभूमिमा मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो।

मन्त्री खरेलका अनुसार अब प्रमुख राजनीतिक दलहरू चुनावका लागि तयारी अवस्थामा पुगेका छन् र निर्वाचनको वातावरण पूर्ण रूपमा बनेको छ। उहाँले भने, “अब चुनाव हुँदैन कि भन्ने कुनै आशंका गर्ने ठाउँ छैन। राजनीतिक दलहरूको तर्फबाट वातावरण तयार छ र सरकारले आवश्यक सुरक्षा योजना बनाएर कार्यान्वयनमा लागिसकेको छ।”

चुनावी माहोलका विषयमा सञ्चारकर्मीले उठाएका जिज्ञासाको जवाफ दिँदै मन्त्री खरेलले सरकार निर्वाचन प्रक्रियालाई सफल र शान्तिपूर्ण ढंगले सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

यस्तै, नवयुवा आन्दोलनका माग र ऊर्जा समेट्दै सरकार अघि बढिरहेको दाबी समेत मन्त्री खरेलले गर्नुभयो। उहाँका अनुसार प्रधानमन्त्री सुशीला कार्कीले नवयुवा आन्दोलनको मर्म, भावना र लक्ष्यलाई आत्मसात गरी सरकारको गतिविधि सञ्चालन गरिरहनुभएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्