काठमाडौँ– राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौँले मङ्सिर २२ देखि मङ्सिर २९ गतेसम्म खेलकुद सप्ताह २०८२ आयोजना गर्ने भएको छ।
कार्तिक २१ गते बसेको कार्यसमितिको बैठकमा गरिएको निर्णयअनुसार प्रत्येक वर्षझैँ यस वर्ष पनि जिल्लास्तरीय खेलकुद कार्यक्रम निरन्तरता दिइने भएको हो। उक्त खेलकुद सप्ताहमा फुटसल, बास्केटबल, कबड्डी, तानडोरी र मार्चपास सहित पाँच खेल प्रतिष्पर्धा गराइनेछ। जसमा मार्चपास प्रतियोगिता निःशुल्क रहनेछ।
खेलकुदको सफल व्यवस्थापनका लागि प्रत्येक खेलमा संयोजक तथा सम्पर्क व्यक्ति पनि तोकिएका छन्। कक्षा ९ सम्मका विद्यार्थीले खेलमा सहभागी हुन पाउनेछन् । खेल सहभागिताका लागि विद्यालयले प्रवेश शुल्क तिर्नुपर्नेछ। जसमा तनडोरीको लागि ३ हजार र अन्य खेलको लागि ४ हजारशुल्क तोकिएको छ ।
खेलाडीले अनिवार्य रूपमा विद्यालय पोसाक तथा खेल पोसाकमा मात्र सहभागिता जनाउनु पर्ने अतिरक्त क्रियाकलाप संयोजक तथा समिति उपाध्यक्ष प्रेमकुमार भुजेलले बतउनुभयो ।







