तिष्टा पूर्व पुग्यौं अजेय वीर हौँ गोर्खाली हौँ वीर हौँ।
उचों पर्वत राज हो हिमचुली संसारका सीर हौँ।।
कोशी गण्डकी को पबित्र जल यो काली र कर्णाली को।
सिंचित भुमि यिं हुन् पवित्र जननी हिन्दुत्व प्राणाली हो।।
बिस्तारबाद पसेन यो मुलुकमा संसार कब्जा भयो।
एक्लै हामी बच्चै लड्यौं बलगरी के आज अहिले भयो।।
पिछलग्गु कसका भयौँ कुनघरि इतिहास साछीं छन।
अहिले इज्जत गो रसातल महां बौलिन्छ मेरो मन।।
आमाको मुटु पोलियो यसघरि आगो बल्यो दनदनी।।
बालक मर्न गए अनाहक कठै के हर्ने हो यो पनि।
नाम सुन्दा गोर्खाली को जगतमा काप्थो मुटु थरथरी।
प्यारो राष्ट बचाइयो जतनले जागा रही हरघरि।।
सतलज सम्म पुग्यौं खुंडा र खुकुरी तरबार ली हातमा।
दुश्मन लाई हटाइयो बल गरी त्यो अन्धकार रातमा।।
झण्डै यो उल्टै भयो गतिविधि के देख्न अहिले पर्यो।
आफ्नै मारी पुरुषार्थ के हुन गयो इतिहास ज्युदै मर्यौ।।
उत्तर दक्षिण का कहाँ पुगि गए हाम्रो छ यो हालत।
भद्दा राजनीति बहुत हुन गयो इतिहास को काल त।।
बदनाम भो गोर्खाली को जगतमा नेपाल आमा पनि।।
रुन्छिन् आज रुवाइयो यस घरी हामी कुपूतै बनि।।
पीटा पिट र हान थाप छ यहाँ भाई र भाई यहाँ।।
आमा हुन जननी करोड तीनकी चेेत छैन चेत गों कहाँ।।
को माले कुन माओ हो मुलुकमा सम्पुर्ण नेपाली हौँ।
को काग्रेँस स्वतन्त्र फेरि कुन हो सम्पुर्ण नेपाली हौँ।।
यस्तै हुन्छ विपति यो मुलुकमा रानो बिना माहुरी।।
कर्मठ माहुरी को चका बिच महाँ आयो विपत को हुरी।।
राजर्षि मिथिलेशको जनम भो जुन भुमिको कोखमा।
जन्मिन जानकी देविहुन जगत कि जुन पुण्य भुमि महाँ।।
दरबार छोडि तपस्वी भै बनपसे गौतम यहीं जन्मिए।
चौतारो बिचमा निसाफ गर्ने राज पनि जन्मिए।।
गोर्खा देखि बिस्तार गरि मुलुक को यो राष्ट्र निमार्णक।
नृपेन्द्रै पृथ्वी यहिँ जन्मिए यो राष्ट्र का नायक।।
अमर भक्ति तथा अनेक बिर सब यै राष्टमा जन्मिए।
गँगा शुक्र तथा घरम दशरथ सन्तान यिनैका थिए।।
दुखको बात छ चोट लाग्छ मुटु मा जन्मेन नेता कबै।
प्यारो राष्ट जोगाउन्या मन भया एकजुटौ हौं ल सबै।।
ढीडो खानु परोस् बरु मिचिमिचि नेपालकै प्यार छ।
पैदल जानु परोस् बरु हिंडिहिंडि नेपालकै याद छ।।
मिठो भोजनमा पहाड फल्ने मेरै मकै स्वादिलो।
हाँस्छु खेल्छु रमाउँछु खुसी भइ मेरै पहाडी हिलो।।
जै नेपाल नेपालीको जय हवस् नेपाल बाँची रहोस्।
जै जै देश बचोस् हरेक छ्यण मा नेपाल हाँसी रहोस्।।
लेखकः रेवाधर जोशी
भूतपूर्व शिक्षक श्री हुनैनाथ मा.बि रातामाटा, लेकम-२, दार्चुला






