काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) मा सट्टाबाजी गर्ने कार्यमा संलग्न ८ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
अनलाइन बेटिङ साइटमार्फत खेल हारजित हुने गरी सट्टेबाजी गराएको आरोपमा उनीहरुलाई राजधानीको बल्खु क्षेत्रबाट नियन्त्रणमा लिइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
अपराध अनुसन्धान कार्यालयको टोलीबाट पक्राउ पर्नेमा भारतीय नागरिकहरु राजा यदुला, महेश बाबु, पण्डित श्रीनिवासुलु, सेख सोयब, नभिन मड्डेला, महमद रफी सेख, साइ कुमार तम्मिसेट्टी र सेख चन्द बसल रहेका छन् ।
उनीहरूमाथि सट्टाबाजी गराउन नहुने कसुरमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसअघि पनि खेलाडीलाई म्याच फिक्सिङ गर्न उक्साएको आरोपमा २ जना पक्राउ परेका थिए ।






