काठमाडौं । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता प्रक्रिया पूरा गरेको छ। आइतबार आयोगको कार्यालय पुगेर दर्ता कार्य सम्पन्न गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
‘आज हामीले निर्वाचन आयोगमा दल दर्ता गर्ने सम्पूर्ण प्रक्रिया पूरा गरेका छौँ,’ पौडेलले अनलाइनखबरसँग भने। उनका अनुसार कांग्रेसले राष्ट्रिय सभा र प्रतिनिधिसभा दुवै निर्वाचनमा सहभागी हुने गरी आवश्यक कागजी प्रक्रिया पूरा गरेको छ।
कांग्रेसले हिजो मात्रै प्रतिनिधिसभा निर्वाचनमा भाग लिने औपचारिक निर्णय गरेको थियो। आगामी माघ ११ गते राष्ट्रिय सभा निर्वाचन र फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन हुने तय भएको छ।






