जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भई निर्वाचन घोषणा भएको पृष्ठभूमिमा देशभर ८ लाख ३७ हजार ९४ नयाँ मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ।
९ असोजदेखि ५ मंसिरसम्म सञ्चालन गरिएको मतदाता नामावली संकलनमा पुरूष ४ लाख ७३ हजार ३४५, महिला ३ लाख ६३ हजार ७७८ र अन्य ६१ जना दर्ता भएका छन्।
आयोगका अनुसार नियमित प्रक्रियाबाट ३ लाख ४४ हजार ९१४ र राष्ट्रिय परिचयपत्रको बायोमेट्रिकबाट ४ लाख ९२ हजार १८० नयाँ मतदाता नामावलीमा सूचीकृत भए। यसअघि १६ कात्तिकसम्म देशभर १ करोड ८१ लाख ६८ हजार २३० मतदाता रहेकामा नयाँ मतदाता थपिएसँगै आगामी निर्वाचनमा सहभागी हुने मतदाताको संख्या अझै बढेको आयोगले जनाएको छ।






