नेरिक एकेडेमीमा विद्यार्थीहरूको आँखा जाँच कार्यक्रम सम्पन्न

काठमाडौं – नेरिक एकेडेमीमा आज विद्यार्थीहरूको आँखा जाँच (Eye Screening) कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ। शैक्षिक उपलब्धिसँगै विद्यार्थीहरूको स्वास्थ्य equally महत्वपूर्ण रहेको बताउँदै विद्यालयले वार्षिक स्वास्थ्य कार्यक्रमअन्तर्गत यो परीक्षण आयोजना गरेको हो।

कार्यक्रम Venus Hospital सँगको सहकार्यमा सम्पन्न गरिएको थियो। अस्पतालका अनुभवी Optometrist तथा Nurse हरुले विद्यार्थीहरूको दृष्टि परीक्षण गर्दै आँखामा देखिन सक्ने समस्या, दृष्टि कमजोरी तथा चस्माको आवश्यकता जस्ता पक्षहरूको विस्तृत मूल्यांकन गरेका थिए।

विद्यालयका प्रिन्सिपल मिलन केसीले स्वास्थ्य जाँच कार्यक्रमबारे भन्नुभयो “विद्यार्थीहरूको समग्र विकासका लागि राम्रो स्वास्थ्य आधारभूत आवश्यकता हो। समयमै समस्या पहिचान हुन सके शैक्षिक प्रगति अझ प्रभावकारी हुन्छ। नेरिक एकेडेमी विद्यार्थीहरूको स्वास्थ्य, शिक्षा र भविष्यप्रति सधैं प्रतिबद्ध छ।”

विद्यालय प्रशासनका अनुसार यस्ता नियमित स्वास्थ्य परीक्षणले विद्यार्थी तथा अभिभावकमाझ स्वास्थ्यप्रति सचेतना बढाउने, समस्या प्रारम्भिक चरणमै पत्ता लगाउन मद्दत गर्ने र सिकाइ वातावरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्