दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश

काठमाडौं – भक्तपुरबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतले अदालतमा उपस्थित गराउन आदेश दिएको छ। गैरकानूनी रूपमा थुनामा राखिएको आरोप लगाउँदै प्रसाईंका छोराले बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेपछि न्यायाधीश मेघराज पोखरेलको इजलासले प्रसाईंलाई थुनामा राख्नुको कारण पेश गर्न सरकारलाई आदेश दिएको हो।

त्यससँगै अदालतले प्रसाईंलाई सर्वोच्च अदालतमा पेश गर्न निर्देशन दिएको छ। आगामी आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित उनको घरबाट पक्राउ गरेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्