मधेश प्रदेशसभा बुधबार बस्ने, सभामुखमाथिको दर्ता प्रस्तावमाथि छलफल हुने

 

मधेश प्रदेशसभा बुधबार दिउँसो १ बजे बस्ने भएको छ। उपसभामुख बबिता राउत इसरको निर्देशनपछि सचिवालयले सूचना प्रकाशित गरेको हो। बैठकमा सभामुख रामचन्द्र मण्डलले पदीय मर्यादाअनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल हुनेछ।

लामो समयदेखि अवरुद्ध प्रदेशसभा सञ्चालनका लागि सात दलका ३२ प्रदेशसभा सदस्यले बैठक बोलाउन माग गरेका थिए। प्रदेशसभा नियमावलीअनुसार २५ प्रतिशत सदस्यको मागमा बैठक बोलाउनुपर्ने प्रावधान छ।

सभामुख मण्डलमाथि कात्तिक २७ गते प्रदेशसभा सदस्यसँग दुर्व्यवहार गरेको आरोपसहित ६४ सदस्यको समर्थनमा प्रस्ताव दर्ता गरिएको छ। तर सभामुखले प्रस्ताव दर्ता प्रक्रिया विधिवत् नभएको दाबी गरेका छन्। कर्मचारी अनुपस्थितिले अन्योल बढे पनि उपसभामुखले कानुनअनुसार बैठक सञ्चालन गर्न सकिने बताएकी छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्