राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजारभन्दा बढी नयाँ मतदाता दर्ता

 

काठमाडौँ । राष्ट्रिय परिचयपत्रमार्फत ३ लाख ८ हजार ५८५ जना नयाँ मतदाताले आफ्नो नामावली दर्ता गराएका छन्। यो तथ्यांक मङ्सिर १ गते राति ९ बजेर ३० मिनेटसम्मको हो।

निर्वाचन आयोगका अनुसार दर्ता भएका मध्ये पुरुष १ लाख १५ हजार ७, महिला १ लाख २७ हजार ६९ र अन्य ९ जना रहेका छन्।

यससँगै बायोमेट्रिक्स प्रणालीमार्फत पनि ३ लाख ११ हजार ४१५ जनाले नाम दर्ता गराइसकेको आयोगले जनाएको छ। यो तथ्यांक कात्तिक ३० गतेसम्मको हो।

आयोगका अनुसार मङ्सिर ५ गतेसम्म मतदाता नामावली दर्ता गर्न सकिनेछ। राष्ट्रिय परिचयपत्र नम्बर भएकाहरूले अनलाइनमार्फत नै दर्ता प्रक्रियामा सहभागी हुन सक्ने व्यवस्था सरकारले मिलाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्