प्रहरीले दुर्गा प्रसाईंलाई पक्राउ गर्यो, आन्दोलन तयारीका बीच गिरफ्तारी

काठमाडौं । प्रहरी प्रशासनले मेडिकल व्यवसायी तथा विवादास्पद व्यक्तित्व दुर्गा प्रसाईंलाई पक्राउ गरेको छ। आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई गएराति भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार प्रसाईंमाथि “सार्वजनिक शान्ति सुरक्षा खलल पार्न नहुने” आरोपमा कारबाही गरिएको जनाएको छ। हाल उनी प्रहरी नियन्त्रणमा रहेका छन्।

प्रसाईंले पछिल्लो समय विभिन्न सार्वजनिक सभा–प्रसंगमा उत्तेजना फैलाउने तथा आन्दोलन भड्काउने अभिव्यक्ति दिँदै आएका थिए। यसअघि पनि उनले पटक–पटक कानुनी प्रक्रियाको सामना गर्दै आएको इतिहास छ।

उनीमाथि आवश्यक अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्