नेकपा र जसपाबीच एकता वार्ता, छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति

काठमाडौँ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीच एकता वार्ता भएको छ। शनिबार पेरिसडाँडामा सम्पन्न वार्ता सकारात्मक दिशातर्फ अगाडि बढेको नेकपा नेता देव गुरुङले जानकारी दिए।

गुरुङका अनुसार एकताका लागि यो प्रारम्भिक छलफल हो, जहाँ प्राविधिक, वैचारिक र सैद्धान्तिक विषयमा विस्तृत चर्चा भएको छ। उनले भने,

“जसपासँगको एकता वार्ता सकारात्मकतर्फ उन्मुख छ। छलफललाई निरन्तरता दिएर निष्कर्षमा पुग्ने सहमति भएको छ। अहिले कुनै निर्णय भएको छैन।”

वार्तामा नेकपातर्फबाट देव गुरुङ र जसपातर्फबाट राजेन्द्र श्रेष्ठले नेतृत्व गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्