काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) दोस्रो सिजनको उद्घाटन खेलका सबै टिकट बिक्री भइसकेका छन्। खल्ती मोबाइल वालेटमार्फत टिकट काट्ने सुविधा उपलब्ध गराइएकामा मंसिर १ का लागि प्रिमियम र साधारण दुवै टिकट ‘सोल्ड आउट’ भएको क्यानका प्रवक्ता छुम्बी लामाले पुष्टि गरे।
खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले पनि शुक्रबार दिउँसोसम्म सबै टिकट बिक्री भइसकेको जानकारी देते। उनका अनुसार गत सिजनमा टिकट दुई–तीन घण्टामै सकिन्थ्यो भने यसपटक करिब २४ घण्टामा सोल्ड आउट भएको छ, जसले दर्शकको आकर्षण अझै पनि बलियो रहेकाको संकेत गर्छ।
आयोजनाका तयारीबारे बोल्दै खड्काले कीर्तिपुर मैदान यसपटक पहिलेको तुलनामा बढी व्यवस्थित बनेको बताए। “पहिले कम्पाउन्ड नहुँदा भीड व्यवस्थापन चुनौतीपूर्ण थियो, अहिले सिटिङ अरेंजमेन्ट धेरै राम्रो छ,” उनले भने। सिट संख्या निश्चित भएकाले टिकट बिक्री प्रक्रियामा पनि सहजता आएको उनको अनुभव छ।
क्यानले खल्तीलाई करिब ८ हजार टिकट बिक्रीका लागि उपलब्ध गराएको छ भने करिब २ हजार टिकट खेलाडी परिवार, प्रायोजक र आयोजकका लागि छुट्याइएको छ।
टिकट दर
साधारण टिकट
-
उद्घाटन खेल र शनिबार — रु ५००
-
अन्य दिन — रु ५००
-
प्लेअफ तथा फाइनल — रु १,०००
प्रिमियम टिकट
-
उद्घाटन खेल र शनिबार — रु १,५००
-
अन्य दिन — रु १,०००
-
प्लेअफ तथा फाइनल — रु २,०००






