यातायात व्यवस्था विभागको डेटा सेन्टर पु: समस्या, नयाँ लाइसेन्स आवेदन पुनः बन्द

 

काठमाडौँ । यातायात व्यवस्था विभागको डेटा सेन्टर प्रणालीमा पुनः समस्या उत्पन्न भएपछि नयाँ लाइसेन्सका लागि आवेदन प्रक्रिया फेरि बन्द गरिएको छ।

जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण विभागको डेटा सेन्टर क्षतिग्रस्त बनेपछि केही समयदेखि सेवामा अनियमितता देखिँदै आएको थियो। विभागले गत १६ कात्तिकबाट आंशिक रूपमा सेवा सञ्चालनमा ल्याए पनि समस्या पुनः दोहोरिएपछि आजदेखि पुनः सबै ऑनलाइन आवेदन प्रक्रिया रोकिएको हो।

विभागले आज एक सूचना जारी गर्दै इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स तथा नयाँ लाइसेन्स आवेदन दिने प्रणाली अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको जानकारी दिएको छ। समस्या समाधानका लागि प्राविधिक टोली सक्रिय रूपमा काम गरिरहेको विभागले जनाएको छ।

सेवा कहिले सुचारु हुन्छ भन्ने बारे विभागले कुनै निश्चित मिति भने अझै सार्वजनिक गरेको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्