गृह मन्त्रालयद्वारा ७ जिल्लाका सीडीओसहित ५८ कर्मचारीको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सात जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)सहित ५८ जना प्रशासनिक अधिकृतहरूको सरुवा गरेको छ। बुधबार गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार सहसचिव र उपसचिवस्तरका कर्मचारीहरूको सरुवा गरिएको हो।

सरुवामध्ये बद्रीनाथ गैह्रेलाई गुल्मीका प्रमुख जिल्ला अधिकारीका रूपमा पठाइएको छ। त्यस्तै, आनन्द सारुलाई दैलेख, बासुदेव दाहाललाई पाँचथर, गंगाबहादुर क्षेत्रीलाई रोल्पा, दीपक पौडेललाई जुम्ला, कल्पना घिमिरे नेपाललाई डोटी र अजिता शर्मालाई मुस्ताङ जिल्लाको प्रमुख जिल्ला अधिकारीका रूपमा सरुवा गरिएको छ।

मन्त्रालयका अनुसार अन्य कर्मचारीहरूलाई पनि आवश्यकताअनुसार विभिन्न प्रशासनिक इकाइहरूमा पठाइएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्