त्रिभुवन विश्वविद्यालयको सिनेट सदस्यमा दीपक राज जोशी मनोनित

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले विश्वविद्यालय क्याम्पसका स्ववियु सभापति तथा नेपाली विद्यार्थी संघका केन्द्रीय सदस्य दीपक राज जोशीलाई विश्वविद्यालयको सिनेट (सभा) सदस्यमा मनोनयन गरेको छ।

उपकुलपति प्रा.डा. दीपक अर्यालद्वारा हस्ताक्षरित मिति २०८२ कात्तिक २५ गतेको पत्र अनुसार, विश्वविद्यालय ऐन, २०४९ को दफा ८ को उपदफा (७) बमोजिम रिक्त सदस्य पदमा जोशीलाई मनोनयन गरिएको हो।

जोशी हाल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको स्ववियु सभापति समेत रहेका छन्। उनी विद्यार्थी हकहितका लागि सक्रिय युवा नेताको रूपमा चिनिन्छन्।

प्रधानमन्त्रीको सिफारिसमा मनोनित जोशी हाल त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको स्ववियु सभापति समेत रहेका छन्। उनी विद्यार्थी हितका पक्षमा सक्रिय, नेतृत्व क्षमतायुक्त र अनुशासित युवा नेताको रूपमा परिचित छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्