दोस्रो संस्करणको एनपीएल खेल तालिका सार्वजनिक, उद्घाटन खेल फ्लडलाइटमा हुने

Photo: Kantipur

काठमाडौँ — नेपाल क्रिकेट सङ्घ (क्यान)ले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक गरेको छ। आउँदो मंसिर १ गतेदेखि सुरु हुने एनपीएलको खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुनेछ। क्यानका अनुसार यस संस्करणमा फ्लडलाइटमा पनि खेलहरू आयोजना गरिने भएको छ। उद्घाटन खेलमा गत वर्षको विजेता जनकपुर बोल्ट्स र काठमाण्डौ गोर्खाज आमनेसामने हुनेछन्। खेल दिउँसो ४ बजेदेखि सुरु हुने र उद्घाटन खेल नै फ्लडलाइटमा खेलिने क्यानले जनाएको छ।

तालिका अनुसार लिग चरणका १९ खेल, साथै तीन प्लेअफ र फाइनल गरी कुल २३ खेलहरू मध्ये २२ खेल त्रिवि रंगशालामा र तीमध्ये प्लेअफका तीन र फाइनलसहित १९ खेल फ्लडलाइटमा खेलिनेछ। त्रिवि क्रिकेट रंगशालामा १० हजार दर्शक अट्ने प्यारापिट निर्माण सम्पन्न भइसकेको छ भने फ्लडलाइट जडान कार्य अन्तिम चरणमा पुगेको छ।

यसबीच, आठवटै टोलीमा अनुबन्धित विदेशी खेलाडी र प्रशिक्षकहरू काठमाण्डौ आइपुग्ने क्रम जारी छ। साथै, नेपाली खेलाडीहरू पनि तयारीमा जुटेका छन्। टोलीहरू मैदानमा अभ्यास र रणनीतिगत प्रशिक्षणमा व्यस्त छन्। एनपीएलको दोस्रो संस्करणले नेपाली क्रिकेटमा नयाँ उत्साह भर्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्