काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ । पार्टीका अनुसार उम्मेदवार दर्ताको प्रक्रिया हिजोदेखि सुरू भएको हो । इच्छुक उम्मेदवारले अब मोबाइल एपमार्फत नै आफ्नो विवरण दर्ता गर्न सक्ने सुविधा रास्वपाले उपलब्ध गराएको छ ।
रास्वपाका सह–महामन्त्री विपिनकुमार आचार्यका अनुसार समानुपातिक तर्फ उम्मेदवार बन्ने इच्छुकले ५० हजार रूपैयाँ र प्रत्यक्षतर्फ उम्मेदवार बन्नेले २५ हजार रूपैयाँ शुल्क तिर्नुपर्ने व्यवस्था गरिएको छ । रास्वपाले नयाँ पुस्तालाई राजनीतिमा सहभागी गराउने उद्देश्यका साथ प्राविधिक माध्यम प्रयोग गर्दै उम्मेदवारी प्रक्रिया सरल र पारदर्शी बनाएको जनाएको छ ।






