मधेश प्रदेशमा राजनीतिक हलचल, एमालेका सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त

काठमाडौँ –  मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले नेकपा (एमाले) संसदीय दलका नेता सरोजकुमार यादवलाई मुख्यमन्त्रीमा नियुक्त गरेकी छन्। पूर्वमुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले विश्वासको मत नपाएपछि राजीनामा दिएका थिए। त्यसपछि संविधानको धारा १६८(३) अनुसार सबैभन्दा ठूलो दलका नेता यादव मुख्यमन्त्री बनेका हुन्।

प्रदेश प्रमुख अस्वस्थ भन्दै काठमाडौं पुगेकी भण्डारीले होटलमै यादवलाई शपथ ग्रहण गराएको घटनापछि सात दलीय गठबन्धनले विरोध जनाउँदै यो कदमलाई संविधानविपरीत भनेको छ। पूर्वमुख्यमन्त्री सोनलले भने, “प्रदेश प्रमुखले मधेशको अस्मिता माथि खेल खेलेकी छन्।”

यो घटनापछि मधेश प्रदेशको राजनीतिक वृतमा तरंग उत्पन्न भएको छ। सात दलीय गठबन्धनका नेताहरूले यस कदमलाई संविधानविपरीत भन्दै विरोध जनाएका छन्। उनीहरूले संविधानको धारा १६८(२) बमोजिम गठबन्धनको समर्थनमा नयाँ सरकार गठन हुनुपर्ने माग गर्दै प्रदेश प्रमुख कार्यालय र मधेश भवन अगाडि नाराबाजीसमेत गरेका थिए।

मुख्यमन्त्रीबाट राजीनामा दिएका सोनलले प्रदेश प्रमुखले मधेशको अस्मिता र लोकतान्त्रिक प्रक्रिया माथि प्रहार गरेको आरोप लगाएका छन्। उनले भने, “अस्वस्थता जनाएर काठमाडौं पुगेकी प्रदेश प्रमुखले होटलमै मुख्यमन्त्री नियुक्त गरेर मधेशको अस्मिता समाप्त पार्ने खेल खेलिन्।”

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्